Kathmandu Press

बोगटान सडकको काम पुनः शुरु हुन्छ  : वनमन्त्री आले

डोटी, पुस १९ : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको सहजपुरदेखि डोटीको बागछेडासम्म जोड्ने बोगटान सडकको काम अगाडि बढ्ने बताएका छन्। वन मन्त्रालयले सो...
बोगटान सडकको काम पुनः शुरु हुन्छ  : वनमन्त्री आले

डोटी, पुस १९ : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको सहजपुरदेखि डोटीको बागछेडासम्म जोड्ने बोगटान सडकको काम अगाडि बढ्ने बताएका छन्। वन मन्त्रालयले सो सडकखण्डमा रुख काट्ने अनुमति नदिँदा निर्माण अगाडि बढेको थिएन। 
 
उनले भने, ‘मन्त्रालयका कारण रुख काट्न नपाउदा काम रोकिएको भन्ने खबर मैले पाएँ, म सो विषयमा मन्त्रिपरिषद्मा फाइल लैजानेछु र काम सुचारु गराउँछु।’ तीन दशकदेखि अलपत्र अवस्थामा परेको उक्त सडक पछिल्लो समय सरकारको उच्च प्राथमिकतामा रहे पनि रुख काट्न नपाउदा तथा कोरोना सङ्क्रमणका कारण काममा ढिलाइ हुँदै आएको थियो। विसं २०७५ फागुन ७ गते उक्त सडकको कालोपत्रेको शिलान्यास भएको थियो।

चुरे गाउँपालिकाका करनबहादुर छेडालले भने, ‘शुरुमा निकै तीव्र गतिमा काम भइरहेको थियो, पछि रुख काट्न नपाउदा र कोरोनाले गर्दा काम सुस्त भएको छ, रुख नकाटिए समयमै काम सम्पन्न हुँन गारो अवस्था छ।’

Hardik ivf

कैलालीको सहजपुर बजारबाट डोटीको बडिकेदार गाउँपालिकासम्म ५० किलोमिटर सडक ३० महिनाभित्रमै कालोपत्र गरिने लक्ष्यअनुसार ठेकेदार कम्पनीले उक्त कामको शुरुआती गरेको थियो। रुख काट्न नपाएर हाल सुस्तगतिमा भइरहेको निर्माण कार्यले तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने भन्दै स्थानीयवासीमा चिन्ता छाएको छ।

सरकारले दुई अर्ब पाँच करोड रुपैयाँमा उक्त सडक कालोपत्रको जिम्मा कुमार श्रेष्ठ निर्माण सेवालाई दिएको थियो। 

कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको विपीनगरबाट बडिकेदार गाउँपालिकासम्म २८ किमी सडक कालोपत्रको काम शुरु गरिएको थियो।  तीन महिनादेखि कालोपत्रको काम रोकिएको र अन्य काम सुस्तगतिमा भइरहेको बताइएको छ।

प्रकाशित मिति: १५:०४ बजे, आइतबार, पुस १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्