Kathmandu Press

मालीमा दुई फ्रान्सेली सैनिकको मृत्यु

पेरिस, पुस १९ : अफ्रिकी मुलुक मालीको उत्तरी क्षेत्रमा सडक किनारामा बिछ्याइएको विस्फोटक पदार्थ विस्फोट हुँदा दुई फ्रान्सेली सैनिकको मृत्यु भएको छ। अघिल्लो दिन...
मालीमा दुई फ्रान्सेली सैनिकको मृत्यु

पेरिस, पुस १९ : अफ्रिकी मुलुक मालीको उत्तरी क्षेत्रमा सडक किनारामा बिछ्याइएको विस्फोटक पदार्थ विस्फोट हुँदा दुई फ्रान्सेली सैनिकको मृत्यु भएको छ। 

अघिल्लो दिन पनि तीन जना सैनिक यस्तै किसिमबाट मारिएका थिए। 

सन् २०१३ मा फ्रान्सेली सेना पश्चिमी अफ्रिकी मुलुक मालीमा तैनाथ भएयता ५० जना फ्रान्सेली सैनिकको मृत्यु भएको फ्रान्सेली सैनिक मुख्यालयले जनाएको छ। 

उक्त घटनामा अर्का एक सैनिक घाइते भएका छन्।

मालीमा जारी जिहादी आक्रमणलाई निस्तेज बनाउन फ्रान्सेली सेना मालीमा तैनाथ गरिएको छ। 

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले सैनिकको मृत्यु भएकामा दुःख प्रकट गरेका छन्।

प्रकाशित मिति: १४:३४ बजे, आइतबार, पुस १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्