Kathmandu Press

बन्दुकधारीद्वारा पाकिस्तानमा ११ मजदुरको हत्या, तीन घाइते

बन्दुकधारीद्वारा पाकिस्तानमा ११ मजदुरको हत्या, तीन घाइते

इस्लामावाद, पुस १९ : पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ।

कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन्।

बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्। मजदुरहरुलाई अपरिचित लडाकूहरुले गोली प्रहार गरेको बोलानका उप–आयुक्त मुराद कासीले बताए।

घटनामा परी घाइते भएका मजदुरहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्थाका बारेमा जानकारी गराइएको छैन । 

घटनाका बारेमा अनुसन्धान भइरहेको र अहिलेसम्म कसैले आफ्नो संलग्नताको जिम्मेबारी पनि नलिएको अधिकारहिरुले जनाएका छन्।

प्रकाशित मिति: १४:३२ बजे, आइतबार, पुस १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्