Kathmandu Press

टेस्ट क्रिकेट : जेमिसनले लिए पाँच विकेट, पाकिस्तान सस्तोमै समेटियो

क्राइस्टचर्च, पुस १९ : पाकिस्तान र न्यूजील्यान्डबीच न्यूजील्यान्डको क्राइस्टचर्चमा जारी दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै सम्पूर्ण विकेट गुमाएर २९७ रन बनाएको...
टेस्ट क्रिकेट : जेमिसनले लिए पाँच विकेट, पाकिस्तान सस्तोमै समेटियो

क्राइस्टचर्च, पुस १९ : पाकिस्तान र न्यूजील्यान्डबीच न्यूजील्यान्डको क्राइस्टचर्चमा जारी दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै सम्पूर्ण विकेट गुमाएर २९७ रन बनाएको छ। 

टस जितेर पहिले क्षेत्र रक्षण रोजेको न्यूजील्यान्डका लागि तिब्र गतिका बलर कायले जेमिसनले पाँच विकेट लिएपछि पाकिस्तानी टोली सस्तोमै समेटिएको हो। तर पाकिस्तानका लागि अजहर अलिले धैर्यपूर्वक ब्याटिङ गर्दै ९३ रन बनाएका थिए। 

पाकिस्तानका अन्य ब्याट्सम्यानले खासै उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन्। पाकिस्तानका लागि अबिद अलिले २५, मोहम्मद रिजवानले ६१, फाहिम अस्राफले ३४ रन बनाएका थिए। 

न्यूजील्यान्डका लागि टिम साउदीले २, ट्रेन्ट बाउल्टले २ तथा म्याट हेनरीले १ विकेट लिएका थिए। 

अब दोस्रो दिन सोमबार न्यूजील्यान्डले ब्याटिङ शुरु गर्नेछ। 

प्रकाशित मिति: १४:३० बजे, आइतबार, पुस १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्