Kathmandu Press

कोरोना संक्रमणबाट शेखरका दाजु निरञ्जनको मृत्यु

काठमाडौं, पुस १९ : कोरोना संक्रमणको कारण नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको मृत्यु भएको छ। उनको आइतबार नयाँ दिल्लीस्थित...
कोरोना संक्रमणबाट शेखरका दाजु निरञ्जनको मृत्यु

काठमाडौं, पुस १९ : कोरोना संक्रमणको कारण नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको मृत्यु भएको छ। उनको आइतबार नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

बिगत एक महिनादेखि उपचाररत कोइरालाको बिहान ११ बजे मृत्यु भएको हो। 

दाजु बिरामी परेपछि नयाँ दिल्ली पुगेका शेखर अहिले पनि उतै रहेका छन्। उनको नयाँ दिल्लीमै अन्त्येष्टि गर्ने तयारी गरिएको छ। 

पर्यटन व्यवसायीसमेत निरञ्जन नेपालको पञ्चायती शासनकाविरूद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय रहेका थिए। 

प्रकाशित मिति: १३:५३ बजे, आइतबार, पुस १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्