Kathmandu Press

कोरोनाविरुद्धको दुई खोप प्रयोग गर्न भारतको अनुमति

काठमाडौं, पु्स १९ : कोरोनाभाइरस विरूद्धका दुई खोपलाई भारतले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। भारतले सिरम इन्स्चिट्युड अफ इन्डियाको ‘कोभिसिल्ड’ र भारत बायोटेकको...
कोरोनाविरुद्धको दुई खोप प्रयोग गर्न भारतको अनुमति

काठमाडौं, पु्स १९ : कोरोनाभाइरस विरूद्धका दुई खोपलाई भारतले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। 

भारतले सिरम इन्स्चिट्युड अफ इन्डियाको ‘कोभिसिल्ड’ र भारत बायोटेकको ‘कोभ्याक्सिन’ खोपलाई अनुमति दिएको हो। 

आइतबार सामाजिक सञ्जालमार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई कम्पनीका खोप प्रयोगका लागि अनुमति दिइएको जनाएका छन्। 

सिरमले अक्सफोर्ड विश्वाविद्यालय र अस्ट्राजेन्काले बनाएको भ्याक्सिनलाई भारतमा कोभिसिल्ड नाममा उत्पादन गर्न लागेको हो। गत सातामात्र बेलायतले पनि सोही खोप प्रयोगका लागि अनुमति दिएको थियो।

भारतले आगामी  ६ महिनामा झन्डै ३० करोड मानिसलाई कोरोना भ्याक्सिन दिने बताएको छ। भारतमा अहिलेसम्म एक करोड बढी मानिसलाई कोरोना संक्रमण भएको छ भने डेढ लाखले ज्यान गुमाएका छन्। 

प्रकाशित मिति: १३:०५ बजे, आइतबार, पुस १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्