Kathmandu Press

मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं, पुस १९ : मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज फेरि पेशी तोकिएको छ।प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका...
मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं, पुस १९ : मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज फेरि पेशी तोकिएको छ।

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका थिए। निर्वाचन घोषणा भएको र कामचलाउ सरकार भएकाले मन्त्रिपरिषद् विस्तार गर्न नहुने भन्दै सर्वोच्चमा रिट परेको थियो।

आज फेरि सर्वोच्च अदालतले पेशी तोकेको हो। आज सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा पेशी तोकिएको छ।

यसअघि गत बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र शुक्रबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो। तर, हेर्न नभ्याउने सूचीमा राखिएको थियो। जसले गर्दा सुनुवाइ हुन सकेको थिएन।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अघिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दायर गरेका थिए।

उनीहरुले प्रतिनिधिसभा नभएको अवस्थामा संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर गरिएको मन्त्रिपरिषद् विस्तार तत्काल बदर गर्न माग गरेका छन्।

प्रकाशित मिति: १३:०३ बजे, आइतबार, पुस १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्