Kathmandu Press

राष्ट्रपतिविरुद्ध नारावाजी गर्नेलाई कारबाही गर्न अनेमसंघको माग

काठमाडौं, पुस १९ : अखिल नेपाल महिला संघ (अनेमसंघ) ले राष्ट्रपतिविरुद्ध नारावाजी गर्नेमाथि कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। आइतबार नेकपा...
राष्ट्रपतिविरुद्ध नारावाजी गर्नेलाई कारबाही गर्न अनेमसंघको माग

काठमाडौं, पुस १९ : अखिल नेपाल महिला संघ (अनेमसंघ) ले राष्ट्रपतिविरुद्ध नारावाजी गर्नेमाथि कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। आइतबार नेकपा ओली पक्षको अनेमसंघले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय नाराबाजी गर्नेमाथि कारबाहीको माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापन पत्र बुझाएको हो। 

अनेमसंघले बादललाई भेटेर विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गाली गलौज गर्नेहरुविरुद्ध कानुनी कारबाही नभएमा आफूहरु कानुनी प्रक्रियामा जाने जनाएको छ। 

लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि प्रधानमन्त्री र राष्ट्रपतिविरुद्धमा अमानवीय, अमर्यादित, अशोभनीय तथा अराजक अभिव्यक्ति आएको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित मिति: १२:२९ बजे, आइतबार, पुस १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्