कोरोनाबाट विदेशमा थप तीन नेपालीको मृत्यु
काठमाडौं, पुस १९ : कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको छ।गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार गत साता बेलायत...
काठमाडौं, पुस १९ : कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार गत साता बेलायत र पोर्चुगलमा तीन नेपालीको मृत्यु भएको छ। मृत्युहरुमध्ये पोर्चुगलका दुई र बेलायतका एक नेपाली रहेका छन्।
योसँगै कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या तीन सय १५ पुगेको एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ।
समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा ५३ हजार तीन सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। उनीहरुमध्ये ५० हजार ६ सय ५६ जना निको भइसकेका छन्।
पछिल्लो समय स्पेन, पोल्यान्ड, जापान, युएई, कुवेत, साउदी अरब र कतारमा रहेका केही नेपालीमा कोरोना देखिएको छ।
प्रकाशित मिति: ११:२६ बजे, आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
