Kathmandu Press

पेस्तोल देखाएर कोटेश्वरमा लुटपाटको प्रयास

काठमाडौं, पुस १९ : पेस्तोल देखाएर कोटेश्वर चोकमा लुटपाटको प्रयास गरिएको छ।आज बिहान बिहान ६ः३० बजे काठमाडौंको कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास...
पेस्तोल देखाएर कोटेश्वरमा लुटपाटको प्रयास

काठमाडौं, पुस १९ : पेस्तोल देखाएर कोटेश्वर चोकमा लुटपाटको प्रयास गरिएको छ।

आज बिहान बिहान ६ः३० बजे काठमाडौंको कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा एक युवकलाई पस्तोल देखाएर लुटपाट गर्न खोजिएको हो।

राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आलेमगरलाई पेस्तोल देखाएर लुट्न खोजेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए। उनीसँग मोबाइल मागेको थियो। मोबाइल नदिँदा पेस्तो खेदाएको जनाएको छ।

उनले प्रतिवाद गरेपछि पेस्तोल झरेको थियो। त्यसपछि ति व्यक्ति भागेको प्रहरीले जनाएको छ।

उनले तत्कालै प्रहरीलाई खबर गरेको थियो। घटना अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी नायव परीक्षक विष्टले बताए।

 

प्रकाशित मिति: १०:४५ बजे, आइतबार, पुस १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्