Kathmandu Press

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

काठमाडौं, पुस १९ : रियल मड्रिड ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।शनिबार राति घरेलु मैदानमा सेल्टा भिगोलाई २–० ले पराजित गर्दै...
रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

काठमाडौं, पुस १९ : रियल मड्रिड ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति घरेलु मैदानमा सेल्टा भिगोलाई २–० ले पराजित गर्दै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । रियलको जितमा लुकास भाजकेज र मार्कोस एसेन्सियोले एक एक गोल गरेका थिए ।

गएराति घरेलु मैदानमा भएको खेलमा रियलले सेल्टा हराउँदै १७ खेलबाट  ३६ अंकसहित शीर्ष स्थानमा पुगेको हो। दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ३५ अंक छ।

​यद्यपि एट्लेटिकोले रियल भन्दा तीन खेल कम खेलेको छ । सेल्टा भियो २३ अंकसहित आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति: ०८:१० बजे, आइतबार, पुस १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्