Kathmandu Press

प्रिमियर लिगको शीर्ष तीनमा टोटेनहम 

काठमाडौं, पुस १९ : टोटेनहम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष तीनमा उक्लिएको छ ।लिड्स युनाईटेडलाई शनिबार राति भएको खेलमा ३-० को जित निकाल्दै...
प्रिमियर लिगको शीर्ष तीनमा टोटेनहम 

काठमाडौं, पुस १९ : टोटेनहम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष तीनमा उक्लिएको छ ।

लिड्स युनाईटेडलाई शनिबार राति भएको खेलमा ३-० को जित निकाल्दै टोटेनहम प्रिमियर लिगको शीर्ष तीनमा उक्लिएको हो । टोटेनहमलाई जित दिलाउन ह्यारी केन, ह्युङ मिन सन र टोबी एल्डरवायर्ल्डले एक एक गोल गरे ।

खेलको अन्तिम केही समय टोटेनहम १० खेलाडीमा समेटिएको थियो । म्याट दोहेर्टीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।

घरेलु मैदानमा भएको जितसँगै टोटेनहम टोटेनहम १६ खेलमा २९ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । लिड्स २३ अंक जोडेर ११ औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति: ०७:२८ बजे, आइतबार, पुस १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्