Kathmandu Press

भारतमा थपिए २१ हजार कोरोना संक्रमित 

काठमाडौ, पुस १९ : भारतमा थप २१ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा...
भारतमा थपिए २१ हजार कोरोना संक्रमित 

काठमाडौ, पुस १९ : भारतमा थप २१ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार २२२ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै कुल संक्रमितको संख्या १ करोड ३ लाख २४ हजार ६३१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९९ लाख २६ हजार ५२७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप २६६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४९ हजार ४७१ पुगेको हो ।

प्रकाशित मिति: ०६:५७ बजे, आइतबार, पुस १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्