Kathmandu Press

राजनीतिक ‘कू’ लाई रोक्न संंसद विघटन गर्नु पर्‍यो : गृहमन्त्री थापा

राजनीतिक ‘कू’ लाई रोक्न संंसद विघटन गर्नु पर्‍यो : गृहमन्त्री थापा

काठमाडौं, पुस १८  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं गृहमन्त्री रामबहादुर थापाले राजनीतिक कू लाई रोक्न सरकारले संसद विघटन गरेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले संसदभित्र राजनीतिक कू गर्न लागिएपछि त्यसलाई रोक्न संसद नै विघटन गर्नुपरेको बताएका हुन्। उनले स्थिरताको संयन्त्रको रुपमा रहेको संसद केही कमरेडहरुको अडानका कारण अस्थिरताको संयन्त्रमा परिणत भएकाले पनि औचित्य सकिएको बताए। सरकारले संसद विघटन गर्ने कदम संवैधानिक कदम भन्दापनि ठूलो राजनीतिक कदम भएको पनि उनले बताए।

संसद विघटन राजनीतिक ‘कू’लाई रोक्न र प्रतिगमनलाई सरकारले शाहसिक कदम चालेको पनि बताए।  संसद विघटन संवैधानिक थियो कि असंवैधानिक भन्ने कुरा अदालतले नै फैसला गर्ने उनले बताए। ‘यो ठूलो शासहिक कदम पनि हो। अहिले एउटा बहस छ। यो बहस अदालतमा पुगेको छ। यो कदम उठाउनु संवैधानिक थियो कि असंवैधानिक थियो। यो अग्रगामी कदम हो कि यो प्रतिगामी कदम हो भन्ने कुरा अदालतले फैसला गर्छ,’उनले भने,‘तर, यो अग्रगामी कदम हो। यो कदमले प्रतिगमनलाई तत्काल रोक्न खोजिराखेको थियो। त्यो प्रतिगमनलाई यसले रोक्यो।’

गृहमन्त्री थापाले सरकारले चालेको कदम अदालतमा प्रवेश गरिसकेकाले यो कदम अग्रगामी हो वा होइन भन्ने कुरामा अदालतले फैसाला दिने पनि बताए।
 

प्रकाशित मिति: १७:३५ बजे, शनिबार, पुस १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्