नेपालमा थप ४१९ जनामा कोरोना संक्रमण, ७५० जना डिस्चार्ज
काठमाडौं, पुस १८ : नेपालमा थप ४१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि...
काठमाडौं, पुस १८ : नेपालमा थप ४१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ भने अहिलेसम्म २ लाख ५३ हजार ८५७ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८७० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ७५० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: १६:३० बजे, शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
