ओली गोमन सर्प रहेछन्, कम्युनिष्ट आन्दोलनलाई डसेर छोडे : जनार्दन शर्मा
विटारनगर, पुस १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोमन सर्पको संज्ञा दिएका...
विटारनगर, पुस १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोमन सर्पको संज्ञा दिएका छन्।
शनिबार मोरङको विराटनगरमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शर्माले भने,‘प्रधानमन्त्री ओली विषालु गोमन सर्प रहेछन्, कम्युनिष्ट आन्दोलनलाई नै डसेर छोडे।’
पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले वर्तमान सरकार विदेशीको इशारामा चलेको आरोप पनि लगाए। ‘यो लम्पसारवादी र कठपुतली सरकार हो,’ उनले भने,‘यो देशमा कोही निरीह प्राणी छ भने त्यो प्रधानमन्त्री ओली नै हुन्।’
शर्माले प्रधानमन्त्री ओलीमा आफूलाई आवश्यक पर्दासम्ममात्रै प्रयोग गर्ने र काम सकिए फालिदिने प्रवृत्ति हाबी रहेको पनि बताए।
प्रकाशित मिति: १५:३६ बजे, शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
