हराएका २२ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा
काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २२ मोटरसाइकल खोजतलास गरी सम्बन्धित मोटरसाइकल धनीलाई जिम्मा लगाएको छ । महानगरीय ट्राफिक प्रहरी...
काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २२ मोटरसाइकल खोजतलास गरी सम्बन्धित मोटरसाइकल धनीलाई जिम्मा लगाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीले उपत्यका विभिन्न स्थानमा विभिन्न समयमा हराएका मोटरसाइकल खोजेर आज एक कार्यक्रमको आयोजना गरी जिम्मा लगाएको हो ।
महाशाखाले पदम लामा, प्रदीप थापा, सोनी भट्टराई, कैलाश श्रेष्ठ, साङ्मु शेर्पा, बुद्धिजङ्ग गुरुङ, साङ्गे तेन्जिङ महत, राजकुमार बुढाथोकी, सुरजकुमार पोखरेल, राजेशकुमार पोदार, वासुदेव गुरुङ, कृष्णराज गिरी, दोर्जे लामा, विकास गौतम, लक्ष्मी आचार्य, ध्रुव बोलखे, पिङ्की सितिखु, अन्जु गिरी, देवकुमार तामाङ, भुवनकुमार सुनार, विकास मगर र प्रवेश राईको हराएको मोटरसाइकल जिम्मा लगाएको हो ।
प्रकाशित मिति: १८:०५ बजे, शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











