प्रतिगमनकारी शक्तिले नेकपा विभाजन गरायो : गृहमन्त्री थापा
ललितपुर, पुस १७ : गृहमन्त्री रामबहादुर थापाले प्रतिगमनकारी शक्तिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गराएको बताएका छन्। नेकपाको जिल्ला कमिटीले शुक्रबार आयोजना गरेको ‘ललितपुर...
ललितपुर, पुस १७ : गृहमन्त्री रामबहादुर थापाले प्रतिगमनकारी शक्तिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गराएको बताएका छन्।
नेकपाको जिल्ला कमिटीले शुक्रबार आयोजना गरेको ‘ललितपुर महानगरस्तरीय वृहत कार्यकर्ता भेला’ मा उनले मुलुकमा अस्थिरता पैदा गर्ने रणनीति प्रतिगमनकारीले नै सिर्जना गराएको बताएका हुन्।
'उनीहरुले नेकपाको कमजोरी सुक्ष्म रुपमा अध्ययन गरेको देखिन्छ, मुलुकमा नयाँ स्थायित्व र सुशासन कसरी प्राप्त गर्ने भन्ने हामीलाई चुनौती भइरहेको हुँदा यसको विरोधमा उभिनेछौँ,'उनले भने।
अब इतिहासले सुम्पिएको नयाँ जिम्मेवारी बहन गर्नुपर्ने बेला भएको थापाले बताए।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जनताका बीचमा जान कायल मात्र डराउने बताउँदै अब वैशाखमा हुने भनिएको निर्वाचनमा सबैलाई जुट्न आग्रह गरेका थिए।
प्रकाशित मिति: १७:३२ बजे, शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
