Kathmandu Press

राजतन्त्र पुन:स्थापना नगरी सडकबाट फर्किदैनौं : कमल थापा

काठमाडौं, पुस १७  : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजतन्त्र पुन:स्थापना नगरी सकडबाट नफर्किने बताएका छन्।संसद विघटनको विरोधमा शुक्रबार काठमाडौंमा आयोजित विरोधसभालाई...
राजतन्त्र पुन:स्थापना नगरी सडकबाट फर्किदैनौं : कमल थापा

काठमाडौं, पुस १७  : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजतन्त्र पुन:स्थापना नगरी सडकबाट नफर्किने बताएका छन्।

संसद विघटनको विरोधमा शुक्रबार काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले आफूहरु सडकमा उत्रिसकेकाले राजतन्त्र पुन:स्थापना नगरी नफर्किने बताएका हुन्। 

‘जनता सडकमा उत्रिसकेका छन्।  राजतन्त्र पुन:स्थापना  नगरी हामी फर्किनेवाला छैनौ,’ उनले भने। अध्यक्ष थापाले संसद विघटन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टी नेकपामात्रै दोषी नभएको बताए। ‘संसद विघटन हुनुमा सरकार र नेकपाको मात्रै दोष छैन,’ उनले भने,‘१४ वर्षअघि सुरु गरिएको बाटो र विचार दोषी छ,’ थापाले भने।

उनले देशमा उत्पन्न संकट समाधानका लागि राप्रपा देशको नेतृत्व लिन तयार रहेको पनि बताए। ‘संकट समाधानका लागि नयाँ ढंगबाट अघि बढ्न आवश्यक छ,’ उनले भने,‘अब संघीयता, गणतन्त्र र धर्मनिरपक्षेताको १४ वर्षे पाठ सिकेर सबै शक्ति अटाउन सक्ने राजनीतिक प्रणाली विकास गर्न आवश्यक छ। त्यसका लागि राप्रपा तयार छ।’
 

प्रकाशित मिति: १५:४३ बजे, शुक्रबार, पुस १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्