प्रदेश २ का संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी
काठमाडौं, पुस १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड(नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको छ।...
काठमाडौं, पुस १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड - नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेकाे छ। ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका सत्यनारायण मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको हो।
३२ जना सांसद रहेका प्रदेश २ मा २० जना आफूहरुको पक्षमा रहको प्रचण्ड - नेपाल पक्षको दाबी छ। जसमध्ये १७ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेको प्रचण्ड(नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिए।
आइतबार बस्ने संसदीय दलको बैठकमा अविश्वास प्रस्ताव दर्ता हुने उनले बताए।
प्रकाशित मिति: १२:३१ बजे, शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
