प्रचण्डलाई भेट्न वामदेव गौतम खुमलटारमा
काठमाडौं, पुस १७ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उपाध्यक्ष वामदेव गौतम खुमलटार पुगेका छन्।उनी आज बिहान १० बजे खुमलटार पुगेका हुन्।...
काठमाडौं, पुस १७ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उपाध्यक्ष वामदेव गौतम खुमलटार पुगेका छन्।
उनी आज बिहान १० बजे खुमलटार पुगेका हुन्। उनले अध्यक्ष प्रचण्डसँग समसामयिक विषयमा छलफल गरेको जनाएको छ।
नेकपा विभाजन भएपछि गौतम तटस्थ छन्। उनी प्रचण्ड नेपाल समूहेको नेकपामा पनि गएका छैनन्। त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि समर्थन गरेका छैनन्।
आजदेखि राष्ट्रिय सभाको सातौं अधिवेशन सुरु हुँदै छ। त्यस विषयमा पनि छलफल गर्न गौतम खुमलटार पुगेको जनाएको छ। गौतम राष्ट्रिय सभा सदस्य हुन्।
राष्ट्रिय सभामा पनि ओली अल्पमतमा छन्। प्रचण्ड नेपाल समूहकै बहुमत रहेको छ।
प्रचण्ड नेपाल समूहका सांसदले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम विरुद्ध राष्ट्रिय सभामा पनि आवाज उठाउने भएका छन्।
प्रकाशित मिति: ११:२४ बजे, शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
