Kathmandu Press

बीबीएल : सन्दीप लामिछानेले भोलि मैदानमा उत्रिने

काठमाडौं, पुस १७ : नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले यस सिजनमा बिग बास लिग (बीबीएल)को पहिलो खेल भोलि मेलबर्न स्टार्सविरुद्ध खेल्ने भएको छ।बीबीएको...
बीबीएल : सन्दीप लामिछानेले भोलि मैदानमा उत्रिने

काठमाडौं, पुस १७ : नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले यस सिजनमा बिग बास लिग (बीबीएल)को पहिलो खेल भोलि मेलबर्न स्टार्सविरुद्ध खेल्ने भएका छन्।

बीबीएको यस सिजनका लागि होबर्ट हुरिकेन्समा आबद्ध सन्दीप दुई साताअघि अस्ट्रेलिया गएका थिए। उनको १४ दिन क्वारेन्टाइन सकिएसँगै मैदानमा आएका हुन्।

भोलि हुरिकेन्सले मेलबर्न स्टार्सविरुद्ध खेल्नेछ। सन्दीपले यस अघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए।

आज हुरिकेन्सले घोषणा गरेको टिममा सन्दीप पनि अटाएका छन्। उनले अहिलेसम्म ६ खेल गुमाएका छन्।

उनको खेल नेपाली समयअनुसार, भोलि बिहान ११ः५० बजे सुरु हुनेछ।

उनले यस पटक आईपीएलमा एउटा पनि खेल खेल्न पाएनन्। दिल्ली क्यापिटल्समा आबद्ध सन्दीपले आईपीएल अवधिभरि बेन्चमै बस्नु परेको थियो।

 

प्रकाशित मिति: १०:४३ बजे, शुक्रबार, पुस १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्