Kathmandu Press

संसदीय समितिका सपभातिको गाडीमा आगजनी

वीरेन्द्रनगर, पुस १७ : कर्णाली प्रदेश सभाका संसदीय समितिका सभापतिको गाडीमा आगजनी गरिएको छ।गएराति कर्णाली प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति...
संसदीय समितिका सपभातिको गाडीमा आगजनी

वीरेन्द्रनगर, पुस १७ : कर्णाली प्रदेश सभाका संसदीय समितिका सभापतिको गाडीमा आगजनी गरिएको छ।

गएराति कर्णाली प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहको गाडीमा आगजनी गरिएको हो।

सिंहले प्रयोग गर्ने कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको गाडी भेरी नगरपालिका ७ पुनमा गएराती १० बजेतिर अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगजनीबाट गाडी पूर्ण रुपमा जलेको छ। कसले आगजनी गरेको हो भन्ने खुलेको छैन।

केही दिनअघि सरकारी गाडीमा घाँस बोकाएको भनेर सांसद सिंह विवादमा आएका थिए। उनले चालकमाथि दोष थुपारेका थिए।

गाडीमा आगजनी गर्नेहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १०:३१ बजे, शुक्रबार, पुस १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्