Kathmandu Press

राष्ट्रिय सभाको बैठक आज, यस्तो छ कार्यसूचि

काठमाडौं, पुस १७ : राष्ट्रिय सभाको बैठक आज बस्न लागेको छ। प्रतिनिधिसभा विघटनपछि पहिलो पटक राष्ट्रिय सभा बैठक बस्न लागेको हो।संसद् सचिवालयले सूचना...
राष्ट्रिय सभाको बैठक आज, यस्तो छ कार्यसूचि

काठमाडौं, पुस १७ : राष्ट्रिय सभाको बैठक आज बस्न लागेको छ। प्रतिनिधिसभा विघटनपछि पहिलो पटक राष्ट्रिय सभा बैठक बस्न लागेको हो।

संसद् सचिवालयले सूचना जारी गरि अपराह्न ४ बजे बैठक बस्न लागेको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएका थिए।

संसद् संसदका महासचिव डा. भरतराज गौतमले सूचना जारी गरि आजको कार्यसूचिका बारे जानकारी दिएका छन्। राष्ट्रय सभाको आजको कार्यसूचिमा सुरुआतमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बैठक आह्वानसम्बन्धी पत्र पढेर सुनाइनेछ।

त्यसपछि मन्त्रिपरिषद् पुनःगठनसम्बन्धी जानकारी दिइनेछ। तेस्रो नम्बरमा राष्ट्रिय सभाका समितिहरु गठनसम्बन्धी अध्यादेशबारे जानकारी दिइने कार्यसूचि रहेको छ।

 

प्रकाशित मिति: १०:१७ बजे, शुक्रबार, पुस १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्