Kathmandu Press

राष्ट्रिय समृद्धिका पाइला आगामी वर्षमा अझ उचाईमा : ओली 

काठमाडौं, पुस १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात पूर्वाधार, पुल, रंगशाला, पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा विगतको तुलनामा निकै...
राष्ट्रिय समृद्धिका पाइला आगामी वर्षमा अझ उचाईमा : ओली 

काठमाडौं, पुस १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात पूर्वाधार, पुल, रंगशाला, पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा विगतको तुलनामा निकै अघि बढ्न सफल भएको दाबी गरेका छन् ।

अंग्रेजी नयाँ वर्ष सन् २०२१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा शुभकामना व्यक्त गर्दै ओलीले छोटो अवधीमै आफू नेतृत्वकाृ सरकारले विकासका केही दूरगामी योजनाहरु थालनी गरेर जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजनाहरु सम्पन्न गरेको जिकीर गरेका हुन् ।

‘आगामी दिनमा हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र ब्यवहारिक रुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामहरुलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने छौं।, ओलीको बिज्ञप्तिमा उल्लेख छ ।

’मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएको र राष्ट्रिय समृद्धि तर्फका पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाईमा पुग्ने विश्वास समेत उनले दिलाएका छन् । 

प्रकाशित मिति: ०७:४५ बजे, शुक्रबार, पुस १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्