Kathmandu Press

भारतमा थपिए १९ हजार कोरोना संक्रमित 

काठमाडौं, पुस १७ : भारतमा थप १९ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ४६ जनामा...
भारतमा थपिए १९ हजार कोरोना संक्रमित 

काठमाडौं, पुस १७ : भारतमा थप १९ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ४६ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड २ लाख ८६ हजार ३२९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९८ लाख ८१ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४९ हजार नाघेको पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २४४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४९ हजार १८ पुगेको हो ।

प्रकाशित मिति: ०७:१८ बजे, शुक्रबार, पुस १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्