नेपाल शक्ति राष्ट्रको भूमरीमा पर्यो : पौडेल
दमौली, पुस १६ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल शक्ति राष्ट्रको भूमरीमा परेको बताएका छन्। मेलमिलाप दिवसको अवसरमा बिहीबार कास्कीको पोखरामा आयोजित...
पोखरा, पुस १६ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल शक्ति राष्ट्रको भूमरीमा परेको बताएका छन्।
मेलमिलाप दिवसको अवसरमा बिहीबार कास्कीको पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले शक्ति राष्ट्रको भूमरीमा नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले पारेको आरोप लगाए।
वीपी कोइरालाले ४५ वर्षअगाडि शक्ति राष्ट्रको भूमरी दक्षिण एसियामा आएको बताएको स्मरण गर्दै पौडेलले भने,‘अहिले प्रधानमन्त्री ओलीले नेपाललाई त्यस्तै भूमरीमा पुर्याएका छन्।’
उनले नेपालमा विदेशी शक्तिका कारण किचलो आएको पनि बताए। ‘भारत, चीन तथा अन्य देशबाट अधिकारीहरू आएर दौडधुप गर्नुले यसलाई प्रमाणित गरेको छ,’ उनले भने।
उनले नेपालमा पुनः द्वन्द्व मच्चाएर अफगानिस्तान बनाउन खोजिएको बताए। पौडेलले प्रधानमन्त्री ओली संघीयता र लोकतन्त्रको विरोधी काम गरेको आरोप लगाए।
उनले संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएकाले ओलीले चाहँदैमा संसद विघटन नहुने दाबी गरे।










-1791199439.jpg)
