भारतमा नयाँ स्वरूपको कोभिड–१९ का संक्रमित २५ जना
भारतमा नयाँ स्वरुपकाे कोभिड-१९ का संक्रमित कम्तीमा पनि २५ जना पुगेको बताइएकाे छ । उनीहरुलाई सुविधासम्पन्न आइसोलेसन वार्डमा राखिएको छ ।
नयाँ दिल्ली– भारतमा नयाँ स्वरुपकाे कोभिड-१९ का संक्रमित भेटिएको बताइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हालै मात्र पाँच जना नयाँ संक्रमित भेटिएको बताएको हो ।
भारतमा नयाँ स्वरुपकाे कोभिड-१९ का संक्रमित कम्तीमा पनि २५ जना पुगेको बताइएकाे छ । उनीहरुलाई सुविधासम्पन्न आइसोलेसन वार्डमा राखिएको छ ।
कोभिड-१९ को यो नयाँ स्वरूपको भाइरस सबैभन्दा पहिला बेलायतमा भेटिएको थियो । बेलायतमा देखिएको यो नयाँ भाइरसपछि बेलायतमाथि विश्वका दर्जनौं देशले यात्रा प्रतिबन्ध लगाएका छन् ।
भारत सरकारले पनि गत हप्ता मात्र बेलायतबाट भारतमा र भारतबाट बेलायतमा हुने हवाई यात्रामा प्रतिबन्ध लगाएको छ ।
प्रकाशित मिति: १८:०० बजे, बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार