Kathmandu Press

ललिता निवास जग्गा प्रकरण : उमाकुमारी दुई लाख रूपैयाँ धरौटीमा रिहा 

काठमाडौं, पुस १६ : ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा मुछिएकी उमाकुमारी ढकाल्नी धरौटीमा रिहा भएकी छिन्। बिहीबार विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की,...
ललिता निवास जग्गा प्रकरण : उमाकुमारी दुई लाख रूपैयाँ धरौटीमा रिहा 

काठमाडौं, पुस १६ : ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा मुछिएकी उमाकुमारी ढकाल्नी धरौटीमा रिहा भएकी छिन्। 

बिहीबार विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यान्द पाण्डेयको इजलासले ढकाल्नीलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए। 

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेकी उनी थुनछेकका बिहीबार नै अदालतमा उपस्थित भएकी थिइन्। ढकाल्नीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९१ लाख २० हजार रुपैयाँ बिगो मागदाबी गरेको थियो। 

धरौटीमा रिहा भएकी ढकाल्नी ललिता निवास प्रकरणका प्रमुख अभियुक्त डा. शोभाकान्त ढकालकी पत्नी हुन्। 

प्रकाशित मिति: १७:४६ बजे, बिहीबार, पुस १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्