काठमाडौं उपत्यकामा थप २४७ जना कोरोना संक्रमण
काठमाडौं, पुस १६ : काठमाडौं उपत्यकामा थप २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप २४७ जनामा कोरोना...
काठमाडौं, पुस १६ : काठमाडौं उपत्यकामा थप २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा १८०, भक्तपुरमा २४ र ललितपुरमा ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
यस्तै, बिहीबार नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ भने अहिलेसम्म २ लाख ५२ हजार ३५९ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८५६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ४४७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।










-1791199439.jpg)
