Kathmandu Press

पूर्वराष्ट्रपति यादव भन्छन्- संसद विघटनको असंवैधानिक कदमलाई अदालतले सच्याउनुपर्छ

‘संसद विघटन असंवैधानिक छ। यसलाई सच्याउने भनेको अदालतले हो,’ उनले भने,‘अदालत नेपाली जनताको आशा र भरोसाको संस्था हो। अदालतले न्याय दिनेमा मलाई आशा छ।’ 
पूर्वराष्ट्रपति यादव भन्छन्- संसद विघटनको असंवैधानिक कदमलाई अदालतले सच्याउनुपर्छ

काठमाडौं, पुस १६ : पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई न्यायालयले सच्याउनु पर्ने बताएका छन्।

बिहीबार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा तेज–तीर्थ ट्रष्टले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. यादवले सरकारको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले सच्याउनु पर्ने बताएका हुन्। 

‘संसद विघटन असंवैधानिक छ। यसलाई सच्याउने भनेको अदालतले हो,’ उनले भने,‘अदालत नेपाली जनताको आशा र भरोसाको संस्था हो। अदालतले न्याय दिनेमा मलाई आशा छ।’ पूर्वराष्ट्रपति यादवले सरकारको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको पनि बताए।

पूर्वराष्ट्रपति यादवले संसद विघटनको कदमले लोकतन्त्र, संविधान र  राष्ट्रियतालाई दूरगामी असर पार्ने पनि बताए।  उनले प्रतिनिधिसभा विघटन हठातमा गरेर सरकारले लोकतन्त्रमाथि धावा बोलेको पनि बताए।
 

प्रकाशित मिति: १५:२७ बजे, बिहीबार, पुस १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्