Kathmandu Press

अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बढ्यो

वासिङ्टन, पुस १६ : संयुक्तराज्य अमेरिकामा बुधबार एकै दिन तीन हजार ९०० भन्दा बढी व्यक्तिहरुको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ। अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका...
अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बढ्यो

वासिङ्टन, पुस १६ : संयुक्तराज्य अमेरिकामा बुधबार एकै दिन तीन हजार ९०० भन्दा बढी व्यक्तिहरुको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ। 

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्ला दिनहरुमा एकै दिन यतिठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो। 

विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा विगत २४ घण्टाको अवधिमा तीन हजार ९२७ जनाको ज्यान गएको विश्वविद्यालयले जनाएको छ। यस्तै एकै दिन एक लाख ८९ हजार ६७१ जना नयाँ संक्रमित थपिएका छन्। 
यो सहित अमेरिकामा कूल संक्रमितको संख्या २ करोड नाघेको छ भने तीन लाख ५० हजार ७७८ जनाको मृत्यु भएको छ। 

अमेरिकाका एक जना अग्रणी संक्रामक रोग विज्ञ एन्थोनी फाउचीले महामारीको असर हिउँदका दिनहरुमा अझ बढ्न सक्ने चेतावनी दिएका छन्। उनले बिदाका दिनहरुमा हुने जमघटले समेत कोरोना संक्रमण फैल्याउन थप भूमिका खेल्ने बताए। 

अमेरिकामा यतिबेला खोप लगाउने अभियान जारी छ र करिब २८ लाख व्यक्तिले खोप लगाइसकेका छन्। यसै डिसेम्बर महिनाको अन्त्यसम्ममा २ करोड व्यक्तिलाई खोप दिने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना असफल भइसकेको छ। 

यसैबीच, विश्वभर कोरोनाभाइरसबाट संक्रमितको संख्या ८ करोड ३२ लाख पुगिसकेको छ भने मृत्यु हुने व्यक्तिको संख्या १८ लाख १३ हजार नाघेको छ। 

भारतमा कूल संक्रमितको संख्या एक करोड नाघेको छ भने मृत्यु भएकाको संख्या एक लाख ४८ हजार पुगेको छ। तेस्रो बढी संक्रमण फैलिएको ब्राजिलमा एक लाख ९३ हजारभन्दा बढी व्यक्तिको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ। 

प्रकाशित मिति: १४:३५ बजे, बिहीबार, पुस १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्