Kathmandu Press

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन : सभामुख सापकोटा

काठमाडौं, पुस १६ : सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्तीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका छन्। बिहीबार विभिन्न महिला संघका नेतृहरूले दिएको ध्यानाकर्षण प्रस्ताव बुझ्दै...
प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन : सभामुख सापकोटा

काठमाडौं, पुस १६ : सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्ती केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका छन्। 

बिहीबार विभिन्न महिला संघका नेतृहरूले दिएको ध्यानाकर्षण प्रस्ताव बुझ्दै उनले यो परिस्थितिमा प्रधानमन्त्री प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका हन्।

प्रतिनिधिसभा विघटनपछि उनले आफ्नो भूमिकाबारे विभिन्न पक्षसँग छलफल गरिरहेको बताएका छन्। 

सभामुख सापकोटाले भने, ‘यही परिस्थितिमा प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको छैन। अदालतमा पनि त्यसैअनुसारको जवाफ दिँदै छु। मेरो भूमिकाबारे राष्ट्रका सबै पक्षमा बृहत् छलफल गरेको छु। सुझाब लिएको छु। बृहंगम छलफल भएको छ। अहिले जुन गम्भीरताका साथ ध्यानाकर्षण गराउनुभएको छ, मेरो ध्यानाकर्षण भएको छ।’

प्रकाशित मिति: १४:२६ बजे, बिहीबार, पुस १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्