‘तिमीहरू पाल्न होइन, मलाई लुट्न आएका हाै’
उनको साथमा थियो एउटा अजंगको कुकुर । जो उनलाई घुमिरहन्थ्यो र अपरिचित मानिसलाई नजिक आउन दिँदैनथ्यो । केही बेर उनलाई फन्को मारेरपछि कुकुर उनको काखमा लुटपुटियो । जसले ती आमालाई छुन खोज्थे, कुकुर झम्टिएर आक्रमण गर्थ्याे ।‘पाल्ने भए यत्रो साल कहाँ गएका थियौ ? किन नलगेका ? तिमीहरु पाल्न होइन, मलाई लुट्न आएका हाै । ए भाइ हो । यिनीहरुले चोरी गर्न लागे, मलाई बचाऊ,’ सर्लाहीको हरिवन नगरपालिका सुखेपोखरी चोकमा एक महिला गत बुधबार बेस्मारी चिच्याइन् ।
उनको साथमा थियो एउटा अजंगको कुकुर । जो उनलाई घुमिरहन्थ्यो र अपरिचित मानिसलाई नजिक आउन दिँदैनथ्यो । केही बेर उनलाई फन्को मारेपछि कुकुर उनको काखमा लुटपुटियो । जसले ती आमालाई छुन खोज्थे, कुकुर झम्टिएर आक्रमण गर्थ्याे ।
ती महिलाको नाम रहेछ झम्की । झमझम बज्ने सामान हात र खुट्टामा लगाएर हिँड्ने गरेकाले उनलाई झम्की भनिएको रहेछ ।
‘आमा, अब जाम हिँड्नुहोस् घर । यहाँ बस्नुहुन्न,’ स्थानीय वडा सदस्य सुकदेव कार्कीले भने । कार्कीको आग्रह नकार्दै उनी झनक्क रिसाइन् । उनले लाठीले आक्रमण गर्न थालिन् ।
- ‘कसैले दिएको सबै नयाँ कपडा अँँगेनामा लगेर डढाउनुहुन्छ,’ छिमेकी गंगाले भनिन्, ‘उहाँको परिवार नभएको पनि होइन तर परिवारले उपचार गर्न नसकेपछि उहाँ सडकमा आउनुभयो ।’
मेची-महाकाली उद्धार कार्यक्रमअन्तर्गत बुधबार सडकबाट उठाएर आश्रममा लैजान खोज्दा उनले विरोध गरेकी हुन् । उनी फतफताइरहिन् । भनिन्, ‘फोटो खिचेर बेच्न खोजेको होला ।’ उनी अभियानकर्मीलाई लाठीले झम्टिन्थिन् । अभियानकर्मीले निकैबेर उनलाई नियन्त्रणमा लिन सकेनन् ।
अभियानकर्मीको निरन्तरको प्रयासपछि उनलाई सडकबाट उठाइयो तर उद्धार वाहनमा राख्न निकै कठिनाइ भयो । कुकुर छटपटायो । कुकुरलाई साथै लैजाने प्रयास भने सफल भएन । झम्कीकी छिमेकी गंगा बस्नेतले भनिन्, ‘उहाँले त्यो कुकुर बच्चैदेखि पाल्नुभएको हो ।’
झम्कीको कम्मरमा सम्पत्ति राखनधरनको पोको रहेछ, जुन खुबै संरक्षण गरेर राखेकी रहिछिन् । पोको छोयो कि आक्रमण गर्थिन् । पछि पोको खोल्दा १ हजार ६०० नगद फेला पर्यो ।
- उद्धार अभियानकै क्रममा नयाँ स्थापना भएको हरिवनको आश्रममा ६० जना बेसहारा पुगेका छन् । उनीहरुलाई महोत्तरी, सप्तरी, सिरहा, धनुषा, सर्लाही जिल्लाका सडकपेटीबाट उद्धार गरिएको हो ।
‘कसैले दिएको सबै नयाँ कपडा अँँगेनामा लगेर डढाउनुहुन्छ,’ छिमेकी गंगाले भनिन्, ‘उहाँको परिवार नभएको पनि होइन तर परिवारले उपचार गर्न नसकेपछि उहाँ सडकमा आउनुभयो ।’
गंगा भन्छिन्, ‘तपाईंहरुले उद्धार गर्नुभयो, हामी निकै खुसी छौं । अब यो बाटोमा बिजोग त देख्नुपर्दैन, पुण्य काम भएको छ ।’
मानवसेवा आश्रमका उपाध्यक्ष धर्मप्रसाद पौडेलका अनुसार अघिल्लो हप्ता पनि उनको उद्धार गर्ने प्रयास भएको थियो तर उनले उद्धारकर्मीमाथि आक्रमण गर्न थालेपछि उद्धार कार्य असफल भएको थियो ।
बुधबार सर्लाहीका विभिन्न नगरपालिकाबाट ११ व्यक्तिलाई हालसालै स्थापना भएको आश्रममा संरक्षण दिइएको छ । उद्धारका क्रममा ३२ वर्षसम्म पीपलको छहारीमा जीवन गुजारेका व्यक्तिदेखि सडकमै बलात्कृत भएकी महिलासमेत भेटिएका थिए । उद्धारपछि सबैलाई हरिवन नगरपालिकाको प्रांगणमा पुर्याएर नुहाइधुवाई र सरसफाइ गरी खाना खुवाइएको र त्यसपछि आश्रममा लगेर राखिएको छ ।
नगरपालिका उपप्रमुख रेणुका पौडेलले महत्त्वपूर्ण अभियानमा सहकार्य गर्न पाएको बताइन् । उनले आफ्नो नगरपालिका बेसहारा सडक मानवमुक्त हुनेमा विश्वस्त रहेको बताइन् । उद्धार अभियानकै क्रममा नयाँ स्थापना भएको हरिवनको आश्रममा ६० जना बेसहारा पुगेका छन् । उनीहरुलाई महोत्तरी, सप्तरी, सिरहा, धनुषा, सर्लाही जिल्लाका सडकपेटीबाट उद्धार गरिएको हो ।
सुरुवाती चरणमा आवश्यक स्रोतको अभावले बजारमा गएर मुठीदान समेत उठाएको आश्रमले जनाएको छ । ‘कसैले चामल, कसैले नगद तथा कसैले लत्ताकपडा दिनुभएको छ, यस्तो सहयोगको यहाँ जरुरी छ,’ पौडेलले भनिन् ।
- झम्कीको कम्मरमा सम्पत्ति राखनधरनको पोको रहेछ, जुन खुबै संरक्षण गरेर राखेकी रहिछिन् । पोको छोयो कि आक्रमण गर्थिन् । पछि पोको खोल्दा १ हजार ६०० नगद फेला पर्यो ।
पौडेलका अनुसार यसरी सडकमा आउने व्यक्ति फिरन्ते जीवन बिताउन चाहन्छन्, जो सर्लाहीबाहिरका धेरै रहेका छन् । अझ तराईका जिल्लामा भने भारतबाट बढी मानिस आएको उनले जनाइन् ।
नेपाल सरकारले बेसहारा सडक मानवमुक्त मुलुक बनाउने उद्घोष गरेसँगै यसलाई सफल बनाउन मेची–महाकाली उद्धार अभियान चलाइएको छ । एक हप्ताको अन्तरालमा सडकमा रहेका ३ सय जनाभन्दा बढीको उद्धार भइसकेको छ । उक्त अभिायन आज वीरगन्ज र आसपासमा चल्दै छ ।