Kathmandu Press

कोरोना परीक्षणको लागि राष्ट्रियसभा सदस्यहरुको स्वाब संकलन

काठमाडौं, पुस १६ : राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ। राष्ट्रियसभा पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको निःशुल्क कोभिड–१९...
कोरोना परीक्षणको लागि राष्ट्रियसभा सदस्यहरुको स्वाब संकलन

काठमाडौं, पुस १६ : राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ। 

राष्ट्रियसभा पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको निःशुल्क कोभिड–१९ परीक्षणको लागि स्वाब संकलन गरिएको हो। 

हिउँदे अधिवेशन सुरु हुनु अघि रिपोर्ट आउने गरी स्वाव परीक्षण गरिएको हो। अधिवेशनमा नेगेटिभ रिपोर्ट आएका सांसदलाई मात्र प्रवेश दिइने छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान गरेकी छन्। 

प्रकाशित मिति: १३:०३ बजे, बिहीबार, पुस १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्