Kathmandu Press

संसदीय दलको नेताबाट हटाइए मुख्यमन्त्री राई

विराटनगर, पुस १६ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई प्रचण्ड नेपाल नेतृत्वको नेकपाले संसदीय दलको नेताबाट हटाएको छ।आज बसेको नेकपा प्रदेश संसदीय...
संसदीय दलको नेताबाट हटाइए मुख्यमन्त्री राई

विराटनगर, पुस १६ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले संसदीय दलको नेताबाट हटाएको छ।

आज बसेको नेकपा प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाएको हो। यस अघि नेकपा सांसदले मुख्यमन्त्री राईविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव पनि दर्ता गराएका थिए।

नेकपाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको छ। उनलाई यस अघि मुख्यमन्त्रीमा प्रस्ताव पनि गरिएको छ।

प्रदेश १ मा नेकपाका ६७ सांसद छन्। जसमध्ये ३६ जना बैठकमा उपस्ति रहेका थिए। यसअघि ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

यसअघि नेकपाले बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेललाई पनि स‌ंसदीय दलकाे नेताबाट हटाएका थिए। उनकाे ठाउँमा अष्टलक्ष्मी शाक्यलाई स‌ंसदीय दलकाे नेता चयन गरेकाे थियाे।

 

प्रकाशित मिति: १२:३५ बजे, बिहीबार, पुस १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्