शून्यमा झर्यो काठमाडौं उपत्यकाको तापक्रम, जुम्लामा माइनस ८ दशमलव ५ डिग्री
काठमाडौं उपत्यकाको तापक्रम आज बिहान शून्य डिग्री सेन्टिग्रेटमा झरेको छ। जसले गर्दा अत्यधिक चिसो महसुस भएकाे छ।
काठमाडौं, पुस १६ : काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झरेको छ। जसले गर्दा अत्यधिक चिसो महसुस भएकाे छश्र
जल तथा मौसम विज्ञान विभागको आज बिहान काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ८ डिग्री सेन्टिग्रेटमा झरेको छ।
यो अहिलेसम्मकै सबैभन्दा कम हो। जसले गर्दा काठमाडौं उपत्यकामा चिसो अत्यधिक महसुस भएको छ।
देशभरमा सबैभन्दा कम तापक्रम जुम्लाको रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ डिग्रि सेन्टिग्रेटमा झरेको छ।
जसले गर्दा जुम्लामा पानी पनि जम्न थालेको छ। अत्यधिक चिसोका कारण जुम्लाको जनजीवन प्रभावित बनेको छ।
त्यस्तै, डोटीको दिपायलमा पनि तापक्रम शून्यमा झरेको छ। दिपायलयको न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्री सेन्टिग्रेटमा झरेको छ।
तापक्रम घटेसँगै देशभर चिसो बढेको छ। यससँगै तराई मधेशका जिल्लामा हुस्सु, कुहिरो र शीलतलहर सुरु भएको छ।











-1791199439.jpg)
