Kathmandu Press

न्युकासल र लिभरपुलको खेल बराबरीमा 

काठमाडौं, पुस १६ : इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको लिभरपुललाई न्युकासल युनाईटेडले बराबरीमा रोकेको छ।गएराति युनाईटेडको मैदानमा बुधबार राति न्युक्यासलको घरेलु मैदानमा...
न्युकासल र लिभरपुलको खेल बराबरीमा 

काठमाडौं, पुस १६ : इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको लिभरपुललाई न्युकासल युनाईटेडले बराबरीमा रोकेको छ।

गएराति युनाईटेडको मैदानमा बुधबार राति न्युक्यासलको घरेलु मैदानमा लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँढेको हो ।बराबरी खेलेको लिभरपुल प्रिमियर लिग फुटबलको अंक तालिकामा शिर्ष स्थानमा यथावत छ।

लिभरपुरको १६ खेलबाट ३३ अंक छ। एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेड ३० अंकसहित दोस्रो स्थानमा रहेको छ। प्रिमियर लिग फुटबलमा गएरातिका लागि तय भएको टोटनह्याम हट्सपर र फुल्ह्यामबिचको खेल कोभिडका कारण पछि सारिएको छ।

फुल्ह्यामका केहि खेलाडीमा नयाँ प्रजातिको कोरोना भाइरस देखिएपछि खेल रद्द गरिएको हो।
 

प्रकाशित मिति: ०८:५६ बजे, बिहीबार, पुस १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्