Kathmandu Press

यमनमा प्रधानमन्त्री र मन्त्री लक्षित आक्रमण, कम्तीमा २२ जनाको मृत्यु 

काठमाडौं, पुस १६ : यमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी...
यमनमा प्रधानमन्त्री र मन्त्री लक्षित आक्रमण, कम्तीमा २२ जनाको मृत्यु 

काठमाडौं, पुस १६ : यमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएको बताइएको छ।

युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै कम्तीमा विस्फोट भएको हो । घटनामा हताहत हुनेमा सहायतामा जुटेकाहरूका साथै अधिकारीहरू रहेको बताइएको छ। तर त्यहाँका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताएका छन्। सूचना मन्त्रीले हुथी विद्रोहीहरूले कायरतापूर्ण आतङ्कवादी कार्य गरेको आरोप लगाएका छन्।

Hardik ivf

भिडिओ फुटेजमा यात्रीहरू उत्रिँदै गरेका बेला ठूलो विस्फोट भएको देख्न सकिन्छ। मन्त्रीहरूको स्वागतका लागि पुगेको भिड एयरपोर्ट टर्मिनलबाट बाक्लो धुवाँ निस्किएको देखे पछि भागेका थिए। त्यसको केही समयमै बन्दुक प्रहारको आवाज सुनिएको थियो।

समाचार संस्था एएफपीका संवाददाताले आफूले कम्तीमा दुई वटा विस्फोट सुनेको बताएका छन्। अन्तर्राष्ट्रिय समन्वय सम्बन्धी मामिला हेर्ने एक जना मन्त्रीले पनि दुई पटक विस्फोटन भएको बताए। हालसम्म घटनाको कारण स्पष्ट हुन सकेको छैन। (बीबीसी) 

प्रकाशित मिति: ०८:४४ बजे, बिहीबार, पुस १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्