Kathmandu Press

ला लिगामा रियल मड्रिडलाई बराबरीमा रोक्यो इल्चेले 

काठमाडौं, पुस १६ : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडलाई इल्चेले बराबरीमा रोकेको छ ।बुधबार राति रियल मड्रिडलाई इल्चेसंग १–१ गोलको बराबरी रोक्दैं...
ला लिगामा रियल मड्रिडलाई बराबरीमा रोक्यो इल्चेले 

काठमाडौं, पुस १६ : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडलाई इल्चेले बराबरीमा रोकेको छ ।

बुधबार राति रियल मड्रिडलाई इल्चेसंग १–१ गोलको बराबरी रोक्दैं अंक बाँढेको हो । लुका मोड्रिचले २०औँ मिनेटमा पाहुना टोली रियललाई अग्रता दिलाएका थिए । ईल्चेका चाभास डी ला टोरीले ५२औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

अहिलेसम्मका खेलमा रियलले १६ खेलबाट ३३ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा रहेको एट्लेटिको मड्रिडले १४ खेल खेल्दै ३५ अंक जोडेको छ।

पछिल्लो खेलमा रियलसँग प्रतिष्पर्धा गरेको इल्चेले १५ खेल खेल्दै १६ अंक बटुलेको छ।

प्रकाशित मिति: ०८:०८ बजे, बिहीबार, पुस १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्