Kathmandu Press

एकैदिनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड

काठमाडौ, पुस १६ : विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । वर्ल्डोमिटर्सका तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर...
एकैदिनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड

काठमाडौ, पुस १६ : विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । वर्ल्डोमिटर्सका तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १४ हजार ७४४ संक्रमितको मृत्यु भएको छ ।

एकै दिन मृत्यु भएको संक्रमितको यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि बुधबार (१५ पुसमा) १४ हजार ११० संक्रमितको मृत्यु भएको थियो । यो सँगै विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या १८ लाख १० हजार ९ सय ५९ पुगेको छ ।

Hardik ivf

यस्तै, पछिल्लो २४ घण्टामा ७ लाख १८ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २३ लाख ८६ हजार ४३० पुगेको हो । यसमध्ये १ लाख ६ हजार ६१६ को अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड ३० लाख ६० हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ८८ लाखभन्दा धेरै छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ लाख २३ हजार ५१० जना  संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: ०७:५२ बजे, बिहीबार, पुस १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्