Kathmandu Press

टिप्परको ठक्करबाट चन्द्रागिरीमा दुई जना पैदलयात्रीको ज्यान गयो

काठमाडौं, पुस १६ : काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर १२, गुर्जुधारामा टिप्परको ठक्करबाट दुई जना पैदलयात्रीको घटनास्थलमै ज्यान गएको छ ।गएराति करिब १०...
टिप्परको ठक्करबाट चन्द्रागिरीमा दुई जना पैदलयात्रीको ज्यान गयो

काठमाडौं, पुस १६ : काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर १२, गुर्जुधारामा टिप्परको ठक्करबाट दुई जना पैदलयात्रीको घटनास्थलमै ज्यान गएको छ ।

गएराति करिब १० बजेतिर बा ४ ख २५७७ नम्बरको टिपरले ठक्कर दिँदा बाटो काट्दै गरेका दुई जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेहरुमा धादिङको गल्छी घर भएर थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभाष गमाल रहेका प्रहरीले जनाएको छ ।

टिप्पर चालक रामचन्द्र थापालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति: ०७:३८ बजे, बिहीबार, पुस १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्