Kathmandu Press

मुलुकभर आज पश्चिमी वायुको आंशिक प्रभाव 

काठमाडौं, पुस १६ : मुलुकभर आज पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावले अहिले मुलुकभर पहाडी भेगमा आंशिक बदली अवस्था...
मुलुकभर आज पश्चिमी वायुको आंशिक प्रभाव 

काठमाडौं, पुस १६ : मुलुकभर आज पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावले अहिले मुलुकभर पहाडी भेगमा आंशिक बदली अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भूभाग बाहेकका क्षेत्रमा भने मौसम सामान्यता सफा रहेको छ । पश्चिमी वायुको प्रभावले आज दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली  प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

चिसो रहिरहने भएकाले तराई र पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच काठमाण्डौ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम एक दशमलव दुई डिग्री सेल्सियस मापन गरिएको छ । 
 

प्रकाशित मिति: ०७:२६ बजे, बिहीबार, पुस १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्