Kathmandu Press

भारतमा थपिए २१ हजार कोरोना संक्रमित 

काठमाडौं, पुस १६ : भारतमा थप २१ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।केहि महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २१...
भारतमा थपिए २१ हजार कोरोना संक्रमित 

काठमाडौं, पुस १६ : भारतमा थप २१ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

केहि महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ९५७ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड २ लाख ६७ हजार २८३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९८ लाख ५९ हजार ७६२ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४८ हजार नाघेको पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २९९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४८ हजार ९५७ पुगेको हो ।

प्रकाशित मिति: ०७:२३ बजे, बिहीबार, पुस १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्