Kathmandu Press

मन्त्रिपरिषदको निर्णय: निर्मला हत्या प्रकरणमा बर्खास्त एसपी विष्टलाई पुनर्बहाली

काठमाडौं, पुस १६ : सरकारले निर्मला हत्या पन्त हत्या प्रकरणमा सेवाबाट हटाएका एसपी डिल्लीराज विष्टको पुनर्बहाली गर्ने निर्णय गरेको छ ।बुधबार साँझ बसेको...
मन्त्रिपरिषदको निर्णय: निर्मला हत्या प्रकरणमा बर्खास्त एसपी विष्टलाई पुनर्बहाली

काठमाडौं, पुस १६ : सरकारले निर्मला हत्या पन्त हत्या प्रकरणमा सेवाबाट हटाएका एसपी डिल्लीराज विष्टको पुनर्बहाली गर्ने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बिष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो । निर्मला पन्त हत्याको छानविनमा लापरबाही गरेको आरोपमा एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिशप्रसाद भट्टलाई बर्खास्त गरेको थियो भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउद निलम्बनमा परेका थिए।

जिल्ला अदालत कञ्चनपुरले बर्खास्तमा परेका विष्टसहित निलम्बन गरिएका सबै प्रहरीहरूलाई गत साउन १५ गते सफाइ दिने फैसला गरेको थियो। ११ साउन २०७५ मा कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

यसअघि निलम्बनमा परेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालीन डीएसपी अंगुर जिसी लगायत सेवामा फर्किइसकेका छन् ।

प्रकाशित मिति: ०७:१८ बजे, बिहीबार, पुस १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्