Kathmandu Press

माधव नेपालप्रति व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले भने- प्रचण्डका मामुली कार्यकर्ताबारे केही भन्नु छैन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्डका मामुली कार्यकर्ता मात्रै भएको टिप्पणी गरेका छन्।
माधव नेपालप्रति व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले भने- प्रचण्डका मामुली कार्यकर्ताबारे केही भन्नु छैन
प्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौं, पुस १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्डका मामुली कार्यकर्ता मात्रै भएको टिप्पणी गरेका छन्।

बुधबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  नेपाल प्रचण्डको द्वितीय अध्यक्ष नभई मामुली कार्यकर्ता भएको बताएका हुन्। प्रधानमन्त्री ओलीले आफूमाथि धेरै आरोप लगाएपनि आफूले नेपालमाथि भने कुनै कमेन्ट नगर्ने बताए। 

‘उहाँ (नेपाल) बारे मैले केही कमेन्ट गर्दिनँ। उहाँ दुःखी हुनुहुन्छ,’ ओलीले भने,‘त्यसैले उहाँबारे मलाई केही भन्नु छैन।’ प्रधानमन्त्री ओलीले आफूसँग रहँदा सधैँ नगद सम्झौताको कुरा गरेपनि प्रचण्डसँग लागेर कार्यकर्तामात्रै बनेको बताए। ‘मसँग हुँदा उहाँ सधैं उधारो होइन नगद सम्झौता हुनुपर्छ भन्नुहुन्थ्यो। तर, प्रचण्डजीसँग गएर सायद उहाँले केही पाउनु भएन,’उनले भने।

प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालका आकांक्षा पूरा हुन आफूले नदिने पनि चेतावनी दिए। ‘म मर्छु तर उहाँहरुको आकांक्षा पूरा हुन दिन्नँ,’ उनले भने। अध्यक्ष ओलीले प्रचण्ड–नेपाल समूह अहिले फुरफुर गरेर हिँडेपनि उनीहरुको हिसाब जनताले राखेको बताए। 

कमिललालाई पनि काल आयो भने प्वाँख पलाउँछ भन्ने उख्खानलाई हिन्दीमा भन्दै ओलीले भने,‘ ‘कमिलालाई काल आयो भने पखेटा पलाउँछ। अहिले केही यसैगरी फुरफुर गरेर हिँडेका छन्। तर, उनीहरुको हिसाब जनताले राखेका छन्। त्यो चुनावबाट प्रमाणित हुन्छ।’
 

प्रकाशित मिति: १७:४२ बजे, बुधबार, पुस १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्