प्रचण्ड–नेपाललाई ओलीको सुझाव- चुनावको तयारी गर्नुस्, केही सिट भएपनि जित्नुस्
‘संसद पुनर्स्थापनाका लागि भनेर माइतीघरको चिसो भुइँमा बसेर रमिता नदेखाउनुस्, बरू चुनावको तयारी थालिहाल्नुस् ,’ उनले भने,‘ केही सिट भएपनि चुनाव जित्ने गरी लाग्नुस्।’
काठमाडौं, पुस १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघरको चिसो भुइँमा बसेर रमिता नदेखाउन पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सुझाव दिएका छन्।
बुधबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘ ‘चुनावको तयारीमा लाग्नुहोस्, माइतीघरको चिसो भुइँमा बसेर रमिता नदेखाउनुहोस्।’
बैशाखपछि केपी ओली पत्तासाफ हुन्छन् भन्ने प्रचण्डको अभिव्यक्तिप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले भने,‘उहाँहरु चुनाव हुँदैन पनि भन्नु हुन्छ फेरि बैशाखमा चुनावपछि ओलीको राजनीति समाप्त हुन्छ र पत्तासाफ हुन्छन् पनि भन्नुहुन्छ। उहाँहरुलाई सुझाव छ चुनावको तयारीमा लाग्नुस्।’
प्रधानमन्त्री ओलीले अहिलेदेखि नै चुनावको तयारी गरेर केही सिटमा चुनाव जित्न पनि प्रचण्ड–नेपाल समूहलाई भनेका छन्। ‘तपाईंहरु चुनावको तयारी थालिहाल्नुस्। संसद पुनर्स्थापनाका लागि भनेर माइतीघरको चिसो भुइँमा बसेर रमिता नदेखाउनुस्,’ उनले भने,‘ केही सिट भएपनि चुनाव जित्ने गरी लाग्नुस्।’
प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना नहुने पनि दाबी गरे।










-1791199439.jpg)
