Kathmandu Press

प्रधानमन्त्री ओलीले भने- अग्रगमनको डुंगा अघि बढ्यो, उहाँहरू किनारमै छुट्नुभयो

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले भने,‘उहाँहरु अगाडि बढ्ने डुंगामा चढ्नु भएन, किनारमै छुट्नु भयो। उहाँहरु थाक्नु भयो, डुंगा अघि बढ्यो।’
प्रधानमन्त्री ओलीले भने- अग्रगमनको डुंगा अघि बढ्यो, उहाँहरू किनारमै छुट्नुभयो

काठमाडौं, पुस १५ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अग्रगमनको डुंगा अघि बढेको बताएका छन्। 

बुधबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अग्रगमनको डुंगामा चढेर आफूहरु अघि बढेको बताएका हुन्।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले भने,‘उहाँहरु अगाडि बढ्ने डुंगामा चढ्नु भएन, किनारमै छुट्नु भयो। उहाँहरु थाक्नु भयो, डुंगा अघि बढ्यो।’

प्रधानमन्त्री ओलीले आफूहरु अग्रगमनको डुंगामा अघि बढेको र पार्टीबाट विभाजित भएर जानेहरु पछि छुटेको पनि बताए। 

प्रकाशित मिति: १६:४८ बजे, बुधबार, पुस १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्