Kathmandu Press

नेपालमा थप ५११ जनामा कोरोना संक्रमण, ६०० जना डिस्चार्ज

काठमाडौं, पुस १५ : नेपालमा थप ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५११ जनामा कोरोना संक्रमण...
नेपालमा थप ५११ जनामा कोरोना संक्रमण, ६०० जना डिस्चार्ज
सांकेतिक तस्वीर।

काठमाडौं, पुस १५ : नेपालमा थप ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९  पुगेको छ भने अहिलेसम्म २ लाख ५१ हजार ९१२ जना संक्रमणमुक्त भएका छन्।

यस्तै,  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८४७ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ६०० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: १६:१८ बजे, बुधबार, पुस १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्