प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भन्छन्– सरकार निर्वाचनको तयारीमा जुटिसक्यो
काठमाडौं, पुस १५ : प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सरकार निर्वाचनको तयारीमा जुटिसकेकाले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने बताएका...
काठमाडौं, पुस १५ : प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सरकार निर्वाचनको तयारीमा जुटिसकेकाले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा डा. भट्टराईले भने,‘बहुमत प्राप्त प्रधानमन्त्रीले संविधानतः निर्वाचनको घोषणा गरिसक्नुभएको छ, वैशाख १७ र वैशाख २७ गते गरी दुई चरणमा निर्वाचन हुन्छ। निर्वाचन आयोग तयारीमा जुटिसकेको छ। सरकार तयारीमा रहेको छ।’
उनले बहुमत प्राप्त सरकारको प्रधानमन्त्रीले ‘मैले सरकार चलाउन सकिनँ, म निर्वाचनमा जान्छु भन्न नपाउने ?’ भन्दै उल्टै प्रश्न गरे। उनले भने,‘सिटिङ प्राइममिनिस्टरले निर्वाचनमा जान्छु भन्न किन नपाउने ? पहिलो यो बहुमतप्राप्त सरकार हो। संसदभित्र विकल्प छैन। निर्वाचन हुँदैन कि भन्ने विषयमा हामी अन्यौलतमा रहनुहुँदैन।’
उनले संसद विघटन गरेर निर्वाचनमा जाने घोषणाको विरोधमा सडक आन्दोलन गर्ने उनीहरुको अधिकारको कुरा भएको टिप्पणी गरे। उनले भने,‘निर्वाचनबारे आशंका पालिरहनुहुँदैन। बरु, समय छोटो छ। तयारी पूरा गरेर जानुपर्छ।’










-1791199439.jpg)
